सोसल मिडिया
युनिकोड
कर्मचारी समायोजनका बेला संसद सचिवालयबाटफड्को मारेर प्रशासन सेवा तर्फ सरेका उपसचिव केशब अर्याल नक्कली लाईसेन्स प्रकरणमा समातिएका छन्। उनी लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको हैसियतमा कामकाज गर्दै थिए। अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले हिजै मात्र समातेको हो।
अर्याल नक्कली लाईसेन्स काण्डका मतियार मध्यको चल्तापुर्जा भएको सिआईबी श्रोतको दाबी छ। यातायात व्यवस्था कार्यालय, बुटवलको प्रमुख हुँदा अर्यालले दशौँ हजार नक्कली लाइसेन्स जारी गरेको पुष्टी भएपछि उनी सिआईबीको रोजाईमा परेका हुन्।
सिआईबीले नक्कली लाइसेन्स प्रकरण खोतल्दै जाने क्रममा स्याङ्जा चापाकोटका अर्यालको भूमिका प्रष्ट भएपछी उनलाई नियन्त्रणमा लिएको बताईएको छ।
यातायात व्यवस्था विभागको महानिर्देशक डा. टोकराज पाण्डे भएकै समयमा पाण्डेले अनेक कारोबारमा प्रयोग गर्ने गरेका लक्ष्मण पाण्डेसँग उपसचिव अर्यालको शंकास्पद लेनदेन भएको प्रहरीको दाबी छ। लक्ष्मण पाण्डे टोकराजका नजिकका भाई हुन्। बुटवल यातायात कार्यालयको कम्प्युटर अपरेटर लक्ष्मण हुँदा अर्याल सोही कार्यालयका प्रमुख थिए । भिजानु र सालोको नाता लगाएर पाण्डे र अर्यालले चाँदी कटाई गरेका हुन्।
अर्याल र पाण्डे मिलेर नक्कली लाईसेन्सको उक्त कार्यालयलाई कारखानानै बनाएका थिए। सिआईबीले यातायात व्यवस्था विभागका तत्कालीन कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल र हरिश भट्टलगायतलाई समातेसँगै पाण्डे फरार भएका छन् भने अर्थमन्त्रालयको कर्मचारी महाशाखा प्रमुखको जिम्मेवारी बाट तोकाराज पाण्डे हटाईएका छन्।
नक्कली लाइसेन्स उपसचिव अर्यालसँगै यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत पदमराज आचार्य र लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत सुवास पौडेल पनि सिआईबीको फन्दामा परेका छन् । यातायात कै कर्मचारी दिलीपकुमार साह र राजेश लम्साललाई पनि सिआईबीले नियन्त्रणमा लिएको छ ।
गाडीले हानेर मान्छे मार्ने शशांक बस्याललाई नक्कली लाइसेन्स दिएको ‘केस’मा सिआईबीले यातायात व्यवस्था विभागका तत्कालीन कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल, कम्प्युटर अधिकृत हरिश भट्ट, यातायात व्यवस्था कार्यालय, बुटवलमा करारमा कार्यरत सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डे, र दाङका सहायक कम्प्युटर अपरेटर अकरामुद्दिन मुसलवान बिचौलिया अरुण कार्की र लाइसेन्स लिने बस्यालका बाबु-छोराविरुद्ध मुद्दा चलाइसकेको छ ।
त्यस्तै ‘फास्ट प्रिन्ट’का नाममा पैसा लिएर नक्कली कागजात हाली किर्ते गरेको अभियोगमा सिआईबीले यातायात व्यवस्था विभागका करारका तत्कालीन कम्प्युटर अधिकृत हरिश भट्ट, सहायक कम्प्यूटर अपरेटर केशव पाण्डे, दीपा न्यौपाने, बिर्जुकुमार चौधरीसहित ७ जनालाई जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । दुबै मुद्दाका प्रतिवादीहरु धरौटीमा रिहा भइसकेका छन् ।
यातायात हुँदा नक्कली लाइसेन्स धन्दा चलाउने कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल पनि अर्थ मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे निकट हुन् । हालै सिआईबीको फन्दामा परेका उपसचिव केशव अर्याल र फरार लक्ष्मण पाण्डे उनले अति विश्वास गर्ने कर्मचारीमा पर्छन् । फरार रहेका लक्ष्मण पाण्डे र मुद्दा खेपिरहेका नारायणप्रसाद पाण्डे, केशव पाण्डे र दीपा न्यौपाने त टोकराजका नातेदार नै हुन् । थप पोल खुल्ने डरले लक्ष्मणलाई त्यहिँ गिरोहले भगाएको आरोप लाग्दै आएको छ ।
नक्कली लाइसेन्स जारी हुँदा यातायात व्यवस्था विभागको सूचना प्रविधि निर्देशकको जिम्मेवारीमा रहेका श्रीचन्द्र शाहलाई समेत पाण्डेले अर्थ मन्त्रालयनै लागेका छन्। ग्याङ्ग नै बनाएर गोराखाधन्धा चलाउने टोकराजलाई सिआईबीले तोक्ने दिन टाढा नरहेको एक जानकारले बताएका छन्।