बन्द पेट्रोल पम्प खुले, सिंहदरबारमा कुरो मिल्यो

सोमबार, असार ३, २०८१

सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ । सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन् ।

विभिन्न सातबुँदे माग राख्दै ट्याङ्कर चालहरू आन्दोलनमा उत्रिएका हुन् । चालकहरू आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको ढुवानीमा समस्या भएको थियो ।

चालहरूले चालक र सहचालकलाई श्रम ऐनअनुसार नियुक्तिपत्र दिई सरकारले तोकेबमोजिमको तलब पाउनुपर्ने माग राखेका छन् । दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्धता गराइनुपर्ने, जोखिम भत्ताको व्यवस्था गरिनुपर्नेलगायतका माग उनीहरूले राखेका हुन् । ती माग पूरा हुने सरकारले वचन दिएको छ। 

Sahamati-576x768-1718617569.jpg
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्