सनराईज गोदावरी हलको सुधार हुँदैछ झन्, बिदाकै दिन पारेर मन्त्रीले गरे अनुगमन

सोमबार, असार ३, २०८१

ललितपुरको गोदावरीमा रहेको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र “सनराईज गोदावरी हल” को  शहरी विकास मन्त्री धन बहादुर बुढाले आज सोमबार स्थलगत अनुगमन गरेका छन् । सनराईज हलमा हुने कार्यक्रमहरू सहज रुपमा सञ्चालनलाई थप प्रभावकारी बनाउने योजना अनुरुप मन्त्री बुढा स्वयम् त्यहाँ पुगेका हुन्। हल्ला कम काम बढी गर्ने स्वभावका मन्त्री बुढाले शहरी विकाश मन्त्रालय मातहतका कार्यालयलाई थप चलायमान बनाउन थालेका छन्।  

सनराईज हलको पार्किंङस्थलको ब्यवस्थापन गर्न  र हल वरपर  ब्यूटिफिकेसन लगायतका अन्य थप भौतिक संरचनाको काम अघि बढाउन मन्त्री बुढा गोदावरी पुगेर सम्बन्धित सरोकारवालाहरुलाई कडा निर्देशन दिएका छन्। 

सभाहल सञ्चालन गर्दै जाँदा सहजताका लागि अति आवश्यक देखिएका केही कामहरू भएकाले मन्त्री सहितको टिमसंग समन्वय गरि अनुगमन गरिएको गोदावरी नगरपालिका तीनका वडा अध्यक्ष सानुराजा घिमिरेले बताए। 

बर्ष भरिमा सीमित प्रयोग गरेर सभाहल सञ्चालन र व्यवस्थापनको ठूलो खर्च हुने भएकोले यसलाई चुस्त दुरुस्त राख्न कठिन रहेको जानकारी दिंदै  यसले दिने प्रतिफल र सञ्चालनको सहजता र सम्भाव्यता सहितको कार्ययोजना बनाएर अघि बढ्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ (आईसीसी)  विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक तेज बहादुर राईले बताए। उक्त हलको ब्यबस्थापन आईसीसीले गर्दै आएको छ। 

अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न  भन्दै २०७६ कात्तिकमा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयले यो सभाहल निर्माणको निर्णय गरेको थियो । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले  ३१ वैशाख २०७८ मा निर्माण सम्पन्न गरेको थियो ।

अनुगमनमा शहरी विकास तथा भवन निर्माण विभागका उप-महानिर्देशक तथा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय प्रमुख मचाकाजी महर्जन,गोदावरी नगरपालिकाका प्रतिनिधि सहित स्थानीयबासीको पनि उपस्थिति थियो ।448670730_347645528359622_9047814010918366644_n-1718636487.jpg

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्