प्रतिनिधिसभाको बैठक बस्दै, कुन-कुन मन्त्रालयको बजेटमाथि हुँदैछ छलफल ?

मंगलबार, असार ४, २०८१

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । 

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

साथै विभिन्न सांसद्हरुले मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्