राजेन्द्र लिङ्देनले यसरी रोष्टममै च्यातिदिए मन्त्रालयको बजेट 

मंगलबार, असार ४, २०८१

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमै बजेट पुस्तिका च्यातेका छन् । उनले आज प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् । 

बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आएका उनले मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै  बजेट पुस्तिका च्यातेका छन् ।

उनले भने, ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर यहाँ राख्छु मैले’ 

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा परेपछि नै आफूलाई रिस उठेको बताए । हुन पनि भौतिक मन्त्री रघुबीर महासेठले बजेट जति धनुषामा खन्याएका छन्। 
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्