पारिवारिक झमेलामा रहेका प्रहरी जवानले संसद भवनमै गरे आत्महत्या

बुधबार, असार ५, २०८१

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।
  
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए । प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उनले जानकारी दिए । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ । उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ ।

दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या हुन्।  
उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।  

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्