पूर्वमन्त्रीकी आमाको जन्मदिनमा किन पुगे मुख्यसचिव ? टंगालले कहिले हाल्छ टाँगो ?

बुधबार, असार ५, २०८१

आफू संचार सचिव हुँदा मन्त्री भएका ज्ञानेन्द्रबहादुर कार्कीकी आमाको जन्मदिनको शुभकामना दिन मंगलबार नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल सारा काम छोडेर कार्की निवास पुगे। टेरामक्सदेखि बिलिङ सिस्टम खरिद अनियमितता उ बेलाका सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की र अर्याल दुनै जोडिएका छन्। जोडिएको मात्र होइन यी दुई भाईकै मिलिभगतमा सारा काम तमाम भएको अख्तियारले मोसो पाएको छ।  यी दुबैका नाममा मुद्दा तयार भएको भनिए पनि विशेष अदालतमा दायरै चाँही भइ हाल्या छैन। 

कार्कीको भैंसेपाटीस्थित घरमा टेरामक्सदेखि बिलिङ सिस्टमसम्म घोटालामा जोडिएका भीआईपीहरु मंगलबार साँझको ताउरमाउर हेर्न लायक थियो।  

अझ मिल्दो चाँही के थियो भने त्यहाँ निम्त्याईएका मध्ये प्राय अख्तियार धाईरहेकै बढी थिए। पूर्व मन्त्री तथा वहालवाला प्रतिनिधिसभा सदस्य कार्कीकी आमाको जन्मदिनको जुनाफमा शुभकामना दिन पुगेका सबैले के मेलो मिलाउन जमघट गरे त्यो भने बिस्तारै खुल्दै जानेछ। पूर्वप्रहरी महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र धीरजप्रताप सिंह पनि त्यो जमघटमा मिसिएका थिए।  यी दुई भाई पनि अख्तियारको छानबिनमै छन्। 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्