सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँ महानगरका मेयर बालेन साहको उछितो काढिएको छ। कवाड व्यवसायीमाथि मंगलबार भएको धरपवकडको संसद्मा विरोध भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सरकारले कवाड व्यवसायीमाथि गरेको अत्याचारको विरोध जनाएका हुन् ।
सांसद सिंहले उच्च अदालत पाटनको आदेशलाई काठमाडौं महानगरपालिकाले लत्याएको भन्दै काठमाडौंको सबै फोहोर मेयर बालेनको घरमा लगेर फ्याँकिदिन आग्रह गरे ।
उनले कवाड व्यवासायीको आन्दोलनलाई समर्थन जनाउँदै महानगरले केही दिनअघि भौतिक पूर्वाधार मन्त्रालयको आगाडी फोहोर फ्याँकेजस्तै व्यवसायीले अब बालेनको घरमा फोहोर फ्याक्नुपर्ने बताए । उनले बालेनलाई जर्मनीका शासक हिटलरको संज्ञा दिए । र उनले बालेन आफैले सिकाएकोले उनको घरमा फोहोर फ्याक्नु पर्ने बताए।