संसद् सचिवालयका कर्मचारीको आन्दोलन जारी, सरकारलाई अझै लागेन बतास

बुधबार, असार ५, २०८१

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारीको आन्दोलन आज पनि जारी छ ।

उनीहरुले आज पनि आफ्नो जायज माग पुरा गराउन दवाव दिने उदेश्यले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

संसद् सचिवालयमा कार्यतर रहँदा अतिरिक्त समयमा गरेको कामको सेवा सुविधा माग गरेर आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले संसदमा कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गरेको भत्तालगायत सेवा सुविधाहरू थप गर्न माग गरेका छन् ।

बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधानको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ ।

 

 

 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्