सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटको मुल मान्यतामा नै त्रूटी भएको बताए ।
मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरूपयोग गरेको पुष्टि भएको उनको भनाइ छ ।
उनले यो शक्ति र सत्ताको दुरूपयोग भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने लेखकले बताए ।
‘प्रधानमन्त्रीजी र अर्थमन्त्रीजीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ । ति मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ । होइन भने प्रधानमन्त्री र अर्थमन्त्रीजी नै यो बजेटमा बेठिक ढंगले वितरण गर्ने ढंगमा संलग्न हुनुहुथ्यो भन्ने निस्कर्षमा हामी पुग्छौँ ।’ उनले भने ।
भौतिक मन्त्रालयको बजेट देखाएर कांग्रेस ओली र प्रचण्डको मिलापमा भुत्भुते खन्याउन चाहान्छ। एमालेलाई सत्ता बाट ओराल्न पाए आफू जाने ठाउँ बनाएको कांग्रेसले आफ्नो वर्गतले भ्याए सम्म च्याँखे थापिरहेकै छ।
बजेटलाई देखाएर अझ त्यसमाथि भौतिक मन्त्रालयकै बजेट माथि भर्याङ्ग हालेर कांग्रेसले असहज बाताबरण बनाउने निश्चित छ। अर्कातिर राजदूत भागबण्डामा पनि ओली र प्रचण्डको लफडा भुसको आगो झैं फैलिरहेकै छ। प्रचण्ड ओली संगको संगत त्याग्ने साईत कुरेर मात्र बसेका छन्। पछिल्ला दिनमा उनको कांग्रेस संग हिमचिम बढ्न थालेको सूचना ओली समक्ष पुगिसकेको छ।