संसदका कर्मचारीको ११ बुँदे मागले संसद बैठक प्रभावित भएपछि सभामुखले अर्थमन्त्री गुहारे 

बिहीबार, असार ६, २०८१

संसद् सचिवालयका कर्मचारीको आन्दोलनले संसद बैठकमै असर पारेपछि सभामुख निवासमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच कर्मचारीका मागका सम्बन्धमा छलफल भएको छ। 

यसअघि सभामुख घिमिरेले कर्मचारी आन्दोलनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग छलफल गरिसकेका छन्। 

आज संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची छ। महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुख घिमिरेले गम्न्भिरताका साथ लिएका छन्।  

संसद्‌मा कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गरेको भत्तालगायत सेवा/सुविधा थप गर्न माग गर्दै संसद् सचिवालयका कर्मचारी केही दिनदेखि आन्दोलनमा छन्।  ११ बुँदे मागसहित आन्दोलित उनीहरूले यही असार ४ गते संसद्का महासचिवको कार्यालय घेराउ गरेका थिए।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्