सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा आफ्नो अवमूल्यन भएको भन्दै गुनासो गरेका छन् ।
प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा प्रमुख प्रतिपक्षी र सत्तापक्ष दलकै नेता तथा सांसद्हरू उपस्थित नभएको भन्दै दाहालले आफ्नो अवमूल्यन भएको गुनासो गरेका हुन् ।
दाहालले भने, ‘ सभामुख महोदय ! म जाँदाजाँदै एउटा कुरामा सबै माननीय सदस्यहरूको ध्यानाकर्षण गराउन चाहन्छु । हाम्रो सदनको एउटा परम्परा, प्रचलन या गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि, प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू, इमर्जेन्सी बाहेक सबै माननीय मन्त्रीहरू उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो ।’
तर त्यो अब क्रमशः पातालिन थालेको दाहालले बताए । उनले अगाडी थपे, ‘यसले हामीले एउटा अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैँ आफैँले आफैँ आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ भन्ने विश्वाससहित म बिदा हुन्छु, धन्यवाद !’
आजको बैठकका काङ्ग्रेस सभापति केही बेर उपस्थित भएर बाहिरिए भने एमाले अध्यक्ष केपी ओली भने अनुपस्थित भए। ओलीले अपमान गरेको प्रधानमन्त्री प्रचण्डको बुझाई रहेको संकेत पाईएको छ।