गिरीबन्धु टी स्टेट प्रकरणमा दुई झापाली नेताको खेदाखेद

बिहीबार, असार ६, २०८१

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेट प्रकरणमा कांग्रेसको संलग्नता पुष्टि गरेर देखाउन चूनौती दिएका छन् । आज (बिहीबार) नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले एक टुक्रा जग्गा बेचेको कुनै प्रमाण भए फाइल खोल्न आग्रह गरेका हुन् ।

‘गिरीबन्धु प्रकरणमा कांग्रेसले कमिसन खाएर कुनै एक टुक्रा जग्गा बेचेको प्रमाण छ भने तपाई पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, तपाईँ सरकारमा हुनुहुन्छ । खोल्नुस् गिरीबन्धुको फाइल । बनाउनुस्, तपाईहरु छानविन समिति,’– उनले भने ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले विभिन्न समयमा कांग्रेसले गिरीबन्धुको ७० विघा जग्गा हिनामिना गरेको आरोप लगाउँदै आएका थिए । अध्यक्ष ओलीको आरोपलाई चुनौति दिँदै उनले फाइल खोलेर देखाउन र छानविन समिति बनाउन चूनौती दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्