सेयर बजारमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

बिहीबार, असार ६, २०८१

साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ४४ अंकले घटेर २०६८ दशमलव ३१ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०६ कम्पनीका ५३ हजार ०१७ पटकको कारोबारमा ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ० सय ३ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स २ दशमलव ६९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ७३ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ९३ अंकले घटेको छ ।

१३ उपसमूहमध्ये ११ वटा घटेको छ भने फाइनान्स र म्युचुअल फन्ड बढेको छ । आज सर्वाधिक घट्नेमा जीवन बीमा रहेको छ । माउन्टेन इनर्जी नेपालको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्