रवि र जिबी राई विरुद्ध सहकारी ठगीको अर्को मुद्दा काठमाडौ प्रहरीमा दर्ता

बिहीबार, असार ६, २०८१

उपप्रधान एवं गृहमन्त्री लामिछानेले चितवन पुगेर जिबी राईको मलेसियाको लोकेशन पत्ता लगाएको बताए लगत्तै उनी विरुद्ध सहकारी ठगी मुद्दामा अर्को जाहेरी दर्ता भएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा परेको जाहेरी बुधबार जिल्ला प्रहरी परिसर टेकुमा दर्ता भएको हो। 

सिन्धुली स्थायी घर भएका युवराज पौडेल (सफल) ले रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईविरुद्ध गत मंगलबार हुलाकमार्फत किटानी जाहेरी पठाएका थिए। उक्त जाहेरी हिजो बुधबार दर्ता भएको छ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्