दश माननीयले सोधेका यस्ता प्रश्नको प्रधानमन्त्रीले यसरी दिए जवाफ

बिहीबार, असार ६, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका छन् ।

बिहीबार जारी संसद्‌मा तेजुलाल चौधरी, दामोदर पाण्डे वैरागी, दयाल बहादुर शाही दिक्पाल कुमार शाही, जुली कुमारी महतो, ठाकुर प्रसाद गैरे, टेकबहादुर गुरुङ, तारा तामाङ, जीवन परियार र जादेवी खातुन जागाले सोधेको प्रश्नको जवाफ दिएका हुन् ।

जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।

यस्तै राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवम् कार्यसम्पादनमा आधारित बनाइने दाबी गरेका छन् भने सदनको गरिमा बढाउने जिम्मा सबै सांसदको भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले बोल्ने दिन सदनमा सांसदहरू नआएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।

माननीयको प्रश्न र प्रधानमन्त्रीको जवाफको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्