सोसल मिडिया
युनिकोड
कांग्रेसको सिफारिशमा राजदूत नियुक्त भएकालाई प्रचण्ड सरकारले फिर्ता बोलाएपछि रिक्त रहेका ११ देशका राजदूत नियुक्तिमा सत्तारुढ प्रमुख तीन दल नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भागबण्डा गरेका छन्।
बिहीबार साँझ सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति रवि लामिछानेले भागबण्डा मिलाएपछि आजै राजदूत नियुक्तिको सिफारिश हुने भएको छ।
प्रमुख सत्ताघटक दल नेकपा एमालेले ८, रास्वपाले २ र माओवादी केन्द्रले १ राजदूत लिने गरी सहमति भएको श्रोतको दाबी छ। गत जेठ २४ को मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायतलगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।
भारत, अमेरिका लगायतका देशको राजदूत एमालेले लिनेछ भने ईजरायल सहित अर्को देशमा रास्वपाले राजदूत पठाउने छ। आजै अपराह्न चार बजे बस्ने मन्त्रिपरिषद् बैठकले भारत सहितका केही देशको राजदूत नियुक्तिको सिफारिश गर्ने छ।