भारतको राजदूतमा ‘लोदरे’, अरू देशमा को-को परे ?

शुक्रबार, असार ७, २०८१

सरकारले आठ देशमा राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आठ देशका लागि राजदूत सिफारिस गरेको हो। जेठ २८ गतेको क्याबिनेटले ११ देशका राजदूत फिर्ता बोलाएको थियो। 

सरकारका पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी (लोदरे)भारतका लागि राजदूतमा सिफारिस भएका छन्। यस्तै, अमेरिकाका लागि चन्द्रकुमार घिमिरे राजदूतमा सिफारिस भएका छन्। निजामती वृत्तमा लोकदर्शन रेग्मीलाई नामको छोटकरीरूप "लोदरे"  भनेर बढीले चिन्ने गरेका छन् ।

यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कको लागि सुम्निमा तुलाधर, मलेसियाको लागि नेत्रप्रसाद तिमल्सिना, बेलायतका लागि डा. विजन पन्त, स्पेनका लागि डा. पुष्पराज राजकर्णिकार र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूतमा सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

यसैगरी सरकारले अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कार्यक्षेत्र रहने गरी सञ्जीवकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहने गरी निराजन गौडेललाई अवैतानिक राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्