कोशीका लेखा अधिकृतहरूको आन्दोलनले भुक्तानी रोकियो, मन्त्रीलाई ज्ञापन

शुक्रबार, असार ७, २०८१

कोशी प्रदेशका लेखा अधिकृतहरू आन्दोलनमा उत्रिएका छन् ।  आन्दोलित कर्मचारीले आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका हुन् ।

प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै प्रदेश तहका लेखा अधिकृतहरूले काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । 

लेखा अधिकृतहरुको आन्दोलनका कारण कोशी प्रदेशका १४ जिल्लामा काम बन्दछ भने प्रदेश सरकारको खर्च शून्य छ । आर्थिक वर्षको अन्त्यमा लेखा अधिकृतहरू आन्दोलनमा उत्रिएपछि सरकारी भुक्तानी रोकिएको हो ।

ऐन संशोधन गरेर वृत्ति विकास न्यायोचित बनाउनु पर्ने माग गर्दै लेखा अधिकृत भोलानाथ नेपालको नेतृत्वमा लेखा अधिकृतहरूले आज मन्त्री मगरलाई ज्ञापन पत्र  बुझाएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्