पुसमा कांग्रेसले रास्वपालाई सम्झेन, असारमा देउवा आफैं घण्टा बजाउन पुगे 

शुक्रबार, असार ७, २०८१

गत पुस १६ गते कांग्रेसले अरू सबै पार्टीलाई बोलायो तर रास्वपालाई बोलाएन। प्रत्येक वर्ष पुस १६ गते कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउने गर्छ। हो त्यहि मेलमिलाप दिवसमा रास्वपालाई नडाकेको कांग्रेस सभापति शेर बहादुर देउवा भने आज चियापानमा बालाजु पुगेका छन्। 

गत पुसमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा अरु सबै राजनीतिक दललाई आमण गरे पनि कांग्रेसले रास्वपालाई सम्झेन।

कांग्रेसले आफ्नो महत्वपूर्ण कार्यक्रममा बेवास्ता गरेपछि रास्वपामा असन्तुष्टि देखिएको थियो। तर शुक्रबार सभापति देउवा रास्वपाको स्थापना दिवसमा पार्टी कार्यालय पुगेका छन्। रास्वपाले शुक्रबार आफ्नो दोस्रो स्थापना दिवस मनाइ रहेको छ। कांग्रेसले नसम्झे पनि रास्वपाले गरेको निम्तामा सभापति देउवा वनस्थलीस्थित पार्टी कार्यालय पुगेर शुभेच्छा प्रकट गरेका छन्। र, घन्टी बजाएर फर्किएका छन्। 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्