सोसल मिडिया
युनिकोड
नेपालको पत्रकारिता क्षेत्र र प्रेस स्वतन्त्रतामाथि राज्यले गर्न खोजेको नानाभाँतीको अन्तर्राष्ट्रियकरण भएको छ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को लण्डनमा जारी वार्षिक बैठकमा नेपालको प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विषयले प्रवेश पाएको छ।
नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रतामाथि आक्रमण प्रयास भइरहेको बताएर दुनियाँको ध्यान खिचेका छन् ।
आइएफजे बैठकमा बोल्दै युनियनका अध्यक्ष लम्सालले संघ, प्रदेश र स्थानीय सरकारहरुले कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मलाई वेवास्ता गर्ने क्रम बढेको धारणा ब्यक्त गरेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेसमैत्री कानून कार्यान्वयनका लागि अग्रसरता र पहल प्रेस यूनियनले गरिरहेको समेत लम्सालले सुनाएका छन् ।
नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे अनुगमन गर्न आइएफजेको प्रतिनिधिमण्डललाई निम्तो समेत दिदैं युनियन अध्यक्ष लम्सालले नेपाली पत्रकारिताको व्यवसायिकता र निष्पक्ष विश्वका अन्य धेरै देशभन्दा उत्कृष्ट रहेको दावीसमेत गरे । आइएफजेको वार्षिक सभामा नेपालको प्रतिनिधित्व नेपाल प्रेस युनियनले गर्दै आएको छ । युनियन आइएफजेको आवद्धता हासिल गर्ने पहिलो नेपाली संस्था हो ।
साथै लम्सालले राज्यले प्रतिशोध र आग्रहका आधारमा प्रेसप्रति सौतेनी व्यबहार गरेको भन्दै त्यसको निन्दा समेत गरे। लम्सालको सम्बोधनले सबैको ध्यान खिचेको थियो। उनले सहभागी सबैलाई नेपाली ढाकाटोपी पहिरिन लगाएर नेपालमय बनाउन समेत भ्याए।