स्पामा यौन धन्धा, चलाउने परे पुलिसको फन्दा

शुक्रबार, असार ७, २०८१

स्पा सेन्टरका सञ्चालक पक्राउ परेका छन् । संचालकले नाबालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको प्रहरीले बताएको छ।

ठमेलको ए वान स्पा सेन्टरमा धन्धा चलाउने गोरखा घर भएका ४२ वर्षीय रेशम गुरुङ र मखमली माया स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

 सोही स्पा सेन्टरमा नाबालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

स्पामा आउने ग्राहकसँग २ देखि ३ हजार रुपैयाँसम्म लिएर नाबालिकालाई यौनजन्यमा कार्यमा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

गुरुङको टोखामा पनि सनफ्लावर स्पा सेन्टर छ । त्यहाँ पनि गुरुङले पटकपटक जबर्जस्ती करणी गरेको नाबालिकाहरुको बयानमा उल्लेख छ ।

गुरुङले ग्रामिण क्षेत्रका नाबालिकलाई टिकटकमार्फत् सम्पर्क गरी ब्युटी पार्लरमा काम लगाइदिने प्रलोभनमा पारी काठमाडौं बोलाउने गरेका थिए । काठमाडौका प्रायःजसो स्पामा यौनजन्य गतिविधि हुने गरेको प्रहरीको भनाई छ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्