पालिकाको प्रशासनिक भवन निर्माण

शनिबार, असार ८, २०८१

जन्तेढुङ्गा गाउँपालिकाको पक्की भवन रु दुई करोड ३९ लाख आठ हजारको लागतमा निर्माण सम्पन्न भएको छ । 

निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो । तीनतले पक्की भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  रकम प्रदान गरेको हो । 

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको थियो । हाल जिल्लाका सबै स्थानीय तहमा प्रशासनिक भवन धमाधम निर्माण भइरहेका छन् । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्