जङ्गली च्याउ खाँदा द्रोणपतिले ज्यानै गुमाए 

शनिबार, असार ८, २०८१

आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

च्याउ खाएर बिरामी गुरूङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरूङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरूङ, ९२ वर्षीय रणबहादुर गुरूङ, ५८ वर्षीया पम्फी गुरूङ बिरामी भएका थिए ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्