समस्या परेपछि शेखर कोइराला भेट्ने क्रम बढ्यो, दुधका अध्यक्षले भेटेर बिसाए बिन्ति 

शनिबार, असार ८, २०८१

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई भेट्न केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर कोइरालाको सम्पर्क कार्यालय पुगेका छन्।  

किसान आन्दोलनका बारेमा कुँवरले कोइरालालाई जानकारी गराएका छन् । किसानले दुधको भुक्तानी पाउनुपर्ने माग राखेर केन्द्रिय दुग्ध उत्पादन सहकारी संघले आन्दोलन गरिरहेको विषयमा पनि नेता कोइरालासँग उनको कुराकानी भएको जनाईएको छ ।

उक्त भेटमा डा कोइरालाले आफू किसानहरुको आन्दोलनको पक्षमा रहेको र उनीहरुले पाउनुपर्ने भुक्तानीका सवालमा सम्बन्धित निकायसँग आवस्यक पहल गर्ने प्रतिबद्धता गरेको कोइरालाका स्वकिय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । 

भेटमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कृषिमन्त्री रामकृष्ण यादवपनि सहभागी थिए । पछिल्ला दिनका हरेक क्षेत्रमा भएका समस्या लिएर कोइरालालाई भेट्नेको संखा बढ्न थालेको छ। कोइरालाले तत्काल पहल गर्ने गरेका कारण पनि सबै उनलाई अभिभावक मान्दै देखेको पोख्न पुग्ने गरेका छन्। र कोइरालाले धेरैलाई न्याय दिलाउने काम समेत गरेका छन्। 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्