सोसल मिडिया
युनिकोड
चरम अस्वाभाविक विधिबाट अझ भनौ जस्केलाबाट छिराएर मुख्यसचिवको कुर्सीमा विराजमान गराईएका डा. बैकुण्ठ अर्यालको हकमा अब चाँही चन्द्रमा दाहिना नहुने योग देखिएको छ। अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको तयारी भारी बनेको छ। मुद्दाको कच्चा पदार्थ तयार भएको लामो समय भएपछी अख्तियारले अब भने विशेष अदालतमा चिर्कटो जिम्मा लगाउने तारतम्य मिलाईसकेको छ।
जेल जीवन बिताईरहेका विकल पौडेल जोडिएको सुरक्षण मुद्रण केन्द्रले गरेको अन्तःशुल्क स्टिकर छपाइ घोटालामा मुख्यसचिव अर्याल समेत जोडिएको यथेष्ट प्रमाण भेला गरेर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो । उपरी माथि थुपारी भने झैँ गरे अर्याल विरुद्द टेरामक्सको मुद्दा पनि विशेष अदालत पुग्दैछ।
अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय अख्तियारले गरिसकेको स्रोतको दाबी छ । आज भोलि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको तयारी छ। नेपालको इतिहासमै बहालवाला मुख्यसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको रेकर्ड कायम हुने गरि अख्तियारले सक्रियता बढाएको हो। उच्च श्रोतका अनुसार अर्यालको श्रीमतीका नाममा अष्ट्रेलियामा घर समेत फेला परेको छ। एउटा मुद्दा दायर हुन् मात्र समय लागेपनि अर्याल विरुद्द थप तीन मुद्दा दायर गर्न लायक रहेको टंगाल श्रोतको दाबी छ।