राजीनामा दिएर घर हिँडे मुख्यसचिव, बबरमहल हिड्यो अख्तियार

आइतबार, असार ९, २०८१

नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित केही उच्च पदस्थ व्यक्तिमाथि भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेपछि उनले राजीनामा दिएका हुन् ।

बिहानै प्रधानमन्त्री प्रचण्डले बोलाएर उनलाई राजीनामा दिन सल्लाह दिएका थिए। प्रधानमन्त्रीलाई राजीनामा बुझाए अर्याल घर हिडेका छन् भने अख्तियारको टोली उनी विरुद्ध मुद्दा दायर गर्न विशेष जाँदैछ।

अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध विकल पौडेल जोडिएको सुरक्षण मुद्रण केन्द्रले गरेको अन्तःशुल्क स्टिकर छपाइ घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्