सोसल मिडिया
युनिकोड
संघीय संसद् सचिवालयका कर्मचारीहरू आन्दोलन होमिएको लामो समय भयो। तर उनीहरूका मागले कसैलाई छोएन। पहिलो र दोश्रो चरणको आन्दोलनले पनि पार नलागेपछि उनीहरू बाध्य भएर तेश्रो चरणमा पुगेका हुन् ।
विभिन्न सेवा सुविधा थप हुनुपर्ने मागसहित आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरूले तेस्रो चरणको आन्दोलन थालेका छन्। संघीय संसद् सचिवालय कर्मचारी युनियनले आइतबार (असार ९) बाट तेस्रो चरणका आन्दोलनका कार्यक्रम सुरु गरेको हो।
जस अनुसार, आज संघीय संसद् भवनस्थित रक गार्डेनमा प्लेकार्डसहित १० बजेदेखि साढे १२ बजेसम्म कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले उक्त समयको काम राति साढे ७ बजेपछि मात्रै निरन्तर रुपमा गर्ने बताएको छ।
त्यस्तै, भोलि असार १० गतेदेखि ट्रेड युनियन अधिकार प्राप्त कर्मचारीहरू अर्थात् श्रेणीविहीन देखि शाखा अधिकृतसम्म घर बिदामा बस्ने साथै सो अवधिको तलब समेत नलिने कर्मचारीहरूले बताएका छन्।
हाम्रा मागहरु सम्बोधन हुनेगरी लिखित सम्झौता नभए सम्म विरोधरआन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने तेस्रो चरणको आन्दोलनमा घोषणा गरिएको छ।