सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दाको फायल यतिबेला विशेष अदालतमा रुजु भइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही बेर अघि मात्र फायल बुझाएको हो।
अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो । रुजु सकिएलगत्तै मुद्दा दर्ता हुनेछ ।
आरोपपत्र रूजु भइसकेपछि मुद्दा दर्ता हुनेछ । नेपालमा बहालवाला मुख्यसचिवविरूद्ध पहिलो पटक भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो । तर अर्यालले भने राजीनामा बुझाईसकेको श्रोतको दाबी छ।