पाँच थान सचिवले सरुवा पत्र बुझे, कसलाई कहाँ पुर्याईयो ?

आइतबार, वैशाख २, २०८१

सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने त्यहीका अर्जुन प्रसाद पोखरेललाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइएको छ । 


यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्याललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । 

उपराष्ट्रपतिको कार्यालयमा रहेका सचिव मुकुन्द प्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याउँदै त्यहाँका सचिव विनोद प्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पुर्‍याइएको छ । यसअघि सिंहको युवा तथा खेलकुदमा सरुवा गर्ने भनिए पनि पछि आयोगमा गरिएको हो । 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्