सोसल मिडिया
युनिकोड
भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले अर्यालविरुद्ध मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बन भएका छन् । हुन त उनले आज बिहानै राजीनामा दिएको भनिएको छ।
सरकारले अब वरिष्ठ सचिव रहेका तोयानारायण ज्ञवाली या त रामकृष्ण सुवेदीलाई कामु मुख्यसचिवको जिम्मेवारी दिन सक्छ। ज्ञवाली २०७६ भदौमा र सुवेदी २०७६ कार्तिकमा सचिव बढुवा भएका हुन् ।
प्रधानमन्त्री कार्यालयमा रहेका सचिव मध्येको वरिष्ठ लीलादेवी गड्तौला निरौला हुन् । उनलाई पनि कामु मुख्यसचिवको जिम्मेवारी दिने सम्भावना उत्तिकै छ। उनी २०७७ मंसिरमा सचिव बनेकी हुन् ।