सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक केही बेरमा बस्ने भएको छ। बैठकमा मुख्यसचिवको नियुक्ति र बाँकी देशका राजदूत सिफारिस गर्ने सम्भावना छ।
मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार प्रकरणमा अख्तियारले आइतबार मुद्दा दायर गरेको थियो । मुख्यसचिवले राजीनामा नदिएकाले उनी निलम्बित छन्। उनको कतै ब्यबस्थापन गरेर मुख्यसचिव रिक्त गराउनुपर्ने हुन्छ।
मुख्यसचिव रिक्त गराएर आजै नयाँ मुख्यसचिव नियुक्त हुने बुझिएको छ। त्यस्तै ११ मध्ये ८ देशका राजदूत सिफारिस भए पनि ३ तीन देशका राजदूत सिफारिस हुन बाँकी छ । दक्षिण कोरियाको राजदूतमा सिफारिश भएका शुशील प्याकुरेलले अस्वीकार गरेपछि त्यहाँ पनि अर्को नाम सिफारिश हुने छ।