सोसल मिडिया
युनिकोड
अख्तियारले मुद्दा दायर गरेपछि मुख्यसचिवबाट स्वत: निलम्बनमा परेका बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर जगेडामा धकेलेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगमा जगेडामा लाने निर्णय गरेको हो । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले अर्याललाई योजना आयोगको जगेडा पदमा लगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लिलादेवी गड्तौला निरौलालाई निमित्त मुख्य सचिवको जिम्मा दिएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका मध्येका वरिष्ठ सचिवलाई निमित्त दिदै आएको छ। कामु मुख्यसचिव चाहिँ वरिष्ठ सचिवलाई तोकिन्छ।
अहिले तोयानारायण ज्ञवाली वरिष्ठ सचिवको एक नम्बरमा छन् । उनी भदौ सम्म रहन्छन् । त्यसपछि रामकृष्ण सुवेदी छन् । सुवेदी पछि दिनेश भट्टराई र एकनारायण अर्याल छन् । अबको मुख्यसचिव यी चार मध्ये एक हुन्छन् ।
आइतबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अर्यालसहित १२ जना विरुद्ध ३८ करोड भन्दा धेरै बिगो माग गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।