शून्य समयमा माननीयले सरकारलाई कठोर बन्न दिए सुझाव

सोमबार, असार १०, २०८१

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गरे। 

उनले ‘माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपछ भोलि आउनुस्’ जस्ता स्वरहरुले आम सेवाग्राहीलाई आजित बनाइरहेको बताए। 

उनले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनेले निजामतस् सेवा क्षेत्र कति समस्याग्रस्त भन्नेकुरा स्पष्ट हुने बताए।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्