सोसल मिडिया
युनिकोड
पूर्वरक्षा सचिव चक्रबन्धु अर्याललाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
२०६९ मंसिरमा विशेष अदालतले पूर्वरक्षा सचिव अर्याललाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, ६६ लाख जरिवाना र सोही बराबर बिगो असुल हुने भनेको थियो ।
विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले अर्याललाई १ वर्ष र पदको दुरुपयोग गरेबापत थप ६ महिना गरी डेढ वर्ष जेल सजाय सुनाएको थियो । सर्वोच्चले त्यसैलाई सदर गरेको हो।