कथित तपस्वी रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर

सोमबार, असार १०, २०८१

कथित तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुराचार मुद्दामा सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले हाल सर्लाही कारागरमै थुनामा रहेका बम्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो ।

२०८० पुस २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेपछि थुनामा पठाइएका बम्जन बालयौन दुराचार मुद्दामा दोषी ठहर भएका हुन् ।

उनलाई उक्त मुद्दामा दोषी ठहर गरेको अदालतले सजाय भने पछि निर्धारण गर्ने भएको छ । त्यसका लागि छुट्टै पेशी तोकिने छ ।

बम्जनविरुद्ध विभिन्न सर्लाही, पर्सा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामासमेत यौन दुराचार गरेको, मानिस बेपत्ता पारेकोसहितका आरोपमा मुद्दा अघि बढ्दैछ ।

आफूलाई तपस्वी दाबी गर्दै आएका बम्जन लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए । उनलाई बूढानीलकण्ठस्थित घरैबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्