आफैंले निन्दा गरेको बजेट पास गर्न एमालेले लगायो ह्वीप, कांग्रेस विपक्षमै 

मंगलबार, असार ११, २०८१

सत्तारुढ दल मध्येको सबैभन्दा ठुलो दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन्।

‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१-०८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु,’ निर्देशनमा भनिएको छ।

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो। आज विभिन्न मन्त्रालयहरुको विनियोजित बजेटमा छलफल सकेर आजै बजेट पारित हुनेछ । बजेट माथिको छलफलमा भने एमालेले बजेटको निन्दा गरेको थियो। स्वयम् एमाले अध्यक्ष ओलीले नै विरोधमा बोलेका थिए। यता, प्रमुख प्रतिपक्षी कांग्रेसले भने बजेटको विपक्षमा मतदान गर्ने निर्णय सुनाएको छ। 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्