महिलालाई मुख्यसचिव बनाउन सत्तारूढ दलकै माननीयले सदनमै राखिन् माग

मंगलबार, असार ११, २०८१

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झा (ठाकुर) ले नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव बन्ने अवस्था रहेको भन्दै लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउन माग गरेकी छन् ।

गड्तौलाले मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचारमा डामिएपछि आइतबारबाट कायम मुकायम मुख्यसचिवको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

पूर्व मन्त्रीसमेत रहेकी रञ्जुले नेपालले पहिलो महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पाईसकेको स्मरण गराउँदै अब मुख्यसचिवमा महिलालाई पठाउन माग गरिन् । उनले यसका लागि सरकारले हिम्मत गर्नुपर्ने बताईन् ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्