सोसल मिडिया
युनिकोड
सुनको मूल्य मंगलबार स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ४२ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।
योसँगै छापावाल सुन १ लाख ४२ हजार ३ सय र तेजाबी सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तर चाँदीको मूल्य भने ५ रुपैयाँले सस्तो भएको छ।
महासंघका अनुसार चाँदी आज १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३२४ अमेरिकी डलर र चाँदी २९.४९ डलरमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।