प्रतिनिधि सभाको बैठकले पारित गर्यो बजेट

मंगलबार, असार ११, २०८१

प्रतिनिधि सभाको बैठकबाट आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेट पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकबाट बहुमतले बजेट पारित भएको हो । सभामुख देवराज घिमिरेले मन्त्रीहरुले सांसदले उठाएको विभिन्न प्रश्नको जवाफ दिएपछि निर्णयार्थ पेश गरेका थिए । जसमा बहुमतले सो प्रस्ताव पारित भयो ।

त्यसअघि विभिन्न मन्त्रालयसँग सम्बन्धित बजेटमा खर्च कटौतीको प्रस्ताव पेश भएकोमा सबै बहुमतले अस्वीकृत भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्