दुई सहसचिव डामिएपछि अर्थमन्त्रीले पाँच सहसचिवको गरे सरुवा

मंगलबार, असार ११, २०८१

अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका ५ जना सहसचिवलाई यताउता पारेका छन् ।

अख्तियारले २ सहसचिवविरुद्ध मुद्दा दायर गरेपछि उनले पाँच जनाको अदलीबदली गरेका हुन् । 

अर्थका सहसचिव रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख र नरेन्द्र रानालाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। रितेश शाक्यलाई मुद्दा लागेपछि महाशाखा रानालाई जिम्मा लगाईएको हो।

त्यस्तै, सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ। विभागका उपमहानिर्देशक टंक पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

नारायण सापकोटालाई प्रशासन प्रमुखबाट महालेखा नियन्त्रकको कार्यालय लगिएको छ। उनले केही पहिले मात्र प्रशासनको जिम्मा पाएका थिए।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्