उपेन्द्र अमेरिका हान्निएपछि राजेन्द्रले पाए कार्यबहाक 

आइतबार, वैशाख १६, २०८१

जनता समाजवादी पार्टी नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ ।

सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका गएपछि श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

अप्रिल ३० देखि मे ३ तारिखसम्म सङ्युक्त राष्ट्र सङ्घीय सचिवालय न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव शनिबार बेलुकी अमेरिका गएका छन्।  मे ७ तारिखमा नेपाल फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्