सिकेलाई रुचेन प्रचण्डको चारो, रन्जितालाई चाहिँ मन्त्री बन्नै हतारो

बुधबार, असार १२, २०८१

बजेट पास गरेर मात्र अरू काममा लाग्ने रणनीति बनाएका प्रधानमन्त्री प्रचण्ड बजेट पास भएपछि मन्त्री फेरबदल गर्न लाग्ने भएका छन् ।

उनले यसै साता मन्त्रिपरिषद् पूनर्गठन गर्ने तयारी गरेका छन् । खासगरी सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन हतार गरेपछि प्रधानमन्त्री दाहालले बजेट पारित हुनुअघि नै मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका थिए । तर, बजेट पास पछि मात्र गर्न उपयुक्त हुने सुझावपछि उनी पछि हटेका थिए।

हुन त सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेटअघि मन्त्रिपरिषद् पूनर्ठन गर्न नसकिने अडान लिएपछि पनि प्रचण्ड ब्याक भएका थिए। 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ नै यसपटक पनि पार्टीबाट सरकारमा सहभागी हुने तयारीमा छिन् । उनले आफू पर्यटनमन्त्री बन्न लागेको भनेर दुई साताअघि नै हल्ला पिटेकी थिईन् ।

तर, एक महिना हुन लागिसक्यो अहिलेसम्म उनी मन्त्री बन्ने सुरसार छैन् । प्रधानमन्त्री दाहालसँगको भेटमा पनि उनले आफूलाई कहिले सरकारमा सहभागी गराउने भनेर सोध्ने गरेको स्रोतको दाबी छ । जवाफमा दाहालले छिट्टै मन्त्रिपरिषद् पूनर्गठन हुने बताउँदै आएका छन् ।

पछिल्लो समय रञ्जिताले आफूलाई मन्त्री बनाउन ढिलाई गरिएको विषयमा एमाले अध्यक्ष ओलीसँगको भेटमा पनि गुनासो पोखेको बताईन्छ । पार्टीमा संस्थापक रेशमलाल चौधरी सगको विवाद चरम चुलिएको अवस्था छ । तर, उनी पार्टीलाई सुदृढ गर्नुको साटो मन्त्री बन्नमात्रै हतारमा रहेको भनेर पार्टीका नेता तथा कार्यकर्ताहरुले आलोचना गर्न थालेका छन् । रेशम रन्जिताका श्रीमान् हुन् ।

उता, जनमत पार्टीका सिके राउतलाई समेत प्रचण्ड मन्त्री बनाउन चाहन्छ्न। सिके आफैंले भने उति बढी चासो दिएका छैनन् । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्