सोसल मिडिया
युनिकोड
इलाम क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सदरमुकाम इलाम बजारस्थित गौतम बुद्ध सभागृह (सिटी हल) मा भर्खरैबाट मतगणना सुरु गरिएको हो।
आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। शनिबार भएको मतदानको मतपेटिकाहरू राति अबेरमात्रै सदरमुकाम इलाम बजार पुगेको थियो।
मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले मतगणना सुरु भएको जानकारी गराउँदै सकेसम्म आजै बेलुकीसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्नेगरी तयारी गरिएको बताए।
इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्।
१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।
एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।