पूर्वगृहमन्त्री बादलका छोरालाई प्रहरीले कर्याप्पै पार्यो, २४ वर्ष थुन्ने अभियोग

शुक्रबार, असार १४, २०८१

पूर्व गृहमन्त्री समेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेका छन्।

थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। भुटानी शरणार्थी प्रकरणमा जोडिएका उनी लामो समयदेखि फरार थिए।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोग दर्ता गरिएको छ।

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ। बादल गृहमन्त्री हुँदा स्वकीय सचिव थिए।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्