सोसल मिडिया
युनिकोड
काविल प्रहरी उच्च अधिकृतको परिचयले यत्र,तत्र सर्वत्र चिनिएका एआइजी टेक तामाङको परिचय त्यो भन्दा फराकिलो छ। उनी सिद्वहस्त गीतकार त यसै हुन् उनी साहित्यका हरेक विधामा चलमलाउदै आएका छन्।
सबैलाई थाहा छ उनलाई नोकरीको अवधिले साथ दिंदा मात्र उनी एआइजी भनेर चिनिने हुन्। अवधि सकिएपछि उनको पदमा पूर्व थपिन्छ र उनी पूर्व एआइजी भनेर चिनिन्छन। तर, उनको सृजनायात्रामा कहिल्यै पूर्व हुनै पर्दैन। उनले यो लोक छोडेर गएपछि उनको साहित्य सिर्जनाले उनलाई सधै एकै हैसियतमा राख्छ। अर्थात उनी पुलिसका पूर्व अधिकृत भएपछी गीतकारका रुपमा कहिल्यै पूर्व हुन सक्दैनन्। हो तिनै शब्दशिल्पी वरिष्ठ गीतकार तामाङको शब्द रचनामा सजिएको नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ ।
हालसालै सार्वजनिक भएको गीतमा वरिष्ठ सङ्गीतकार आलोकश्रीको सङ्गीत र नरेन्द्र वियोगीले सङ्गीत संयोजन गरेका छन् । गीतमा प्रयोग भएका शब्दहरूले प्रेम, समर्पण र जीवनको सुन्दरतालाई विशेष महत्त्व दिएका छन् । प्रल्हाद तिमल्सिनाको स्वरबद्व गीतको भावमा आकाशको जूनसँगै आफ्नो प्रेमीलाई तुलना गरेका छन् । गीतमा भनिएको छ,‘फुलहरूको सुन्दर फूल, गुलाबसँग तुलना गर्दै प्रेमीलाई प्रसङ्ग गरिएको छ ।’
सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोमा प्राकृतिक दृश्यहरू, प्यारो सम्बन्धको क्षणहरू र जीवनका विभिन्न रङ्गहरूको झल्को देखाइएको छ।
भिडियोमा ऋचा थापा तथा प्रभात ठकुरीले फिचरिङ गरिएको छ । उत्सव दाहालद्वारा छायाङ्कन गरिएको यो भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन रहेको छ । गीत सुन्न र भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।