सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिवार पत्नी आरजुलाई समेत साथै लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे। ओलीसँग देउवाले भेटघाट गरेपछि सत्ता समीकरणमा तरङ्ग गएको छ। अनेक अड्कल र अनुमानले पर्याप्त स्थान पाएको छ। देउवा ओली र आरजुको तीन घण्टा सम्म कुराकानी भएको थियो।
बालकोट स्रोतका अनुसार देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेका थिए । देउवाले प्रधानमन्त्रीको अफर गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विहानै ओलीसँग फोन संवाद गरेका छन् । प्रचण्डले ओलीलाई भेटघाटको वातावरण मिलाउन आग्रह गरेको बताइएको छ ।
ओली र प्रचण्डबीच आज नै केही समयपछि भेटघाट गर्ने तयारी रहेको बताईको छ । बालकोट स्रोतका अनुसार ओलीले देउवाको प्रस्ताव स्वीकार गर्ने मनस्थिति बनाएका छन् । यो भए संगै प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने मर्माहत बन्ने छन्।