किस्तिमै राखेर देउवाले प्रधानमन्त्री दिएपछि ओली पुगे बालुवाटार

आइतबार, असार १६, २०८१

सत्तारूढ दलमध्येको सबै भन्दा ठूलो पार्टी एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका छन्। ओलीलाई हिजै मात्र कांग्रेस सभापति शेरबहादुर देउवाले तीन घण्टा सम्म ओली निवास बालकोट पुगेर कुरा गरेका थिए।  भेटमा देउवा पत्नी आरजु पनि थिईन। 

प्रचण्ड-ओलीको भेटमा सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ । देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ । प्रचण्डलाई विस्थापित गर्न देउवाले ओलीलाई प्रधानमन्त्री बन्न आग्रह गरेको संकेत गरेको श्रोतहरुको दाबी छ। 

देउवाले शनिबार ओलीसँग भेटेर सहकार्यको प्रस्ताव अघि सारेका छन् । देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेपछि अत्तालिएका प्रचण्डले बिहानै फोन गरेर भेट्ने प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्ताब मानेर ओली बालुवाटार पुगेको एक एमाले नेताले बताए। हुन पनि प्रचण्डलाई प्रधानमन्त्री माने बापत ओलीले लिनुपर्ने सबै लिईसकेका छन् अब उनलाई प्रधानमन्त्रीको मात्र खाँचो छ। जून देउवाले किस्तिमै राखेर हिजै बालकोट पुर्याईसकेका छन्। 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्