सुनको मूल्य बढ्दा तोलाको कति पुग्यो आज ?

आइतबार, असार १६, २०८१

साताको पहिलो कारोबार दिन अर्थात् नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्