‘मीराः स्याडो अफ अ रेन्बो’ पोखरमा पस्किने, यसकारण हेर्न लायक छ चलचित्र

आइतबार, असार १६, २०८१

बालबालिकामा हुने अटिजमलाई मुख्य विषय बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शन गरिने मेलोमेसो मिलाईएको छ।

पोखराबाट हुन लागेको प्रदर्शनीले दर्शकको ध्यान खिच्ने लख काटिएको छ। हुन पनि उक्त चलचित्र हेर्नैपर्ने विषयवस्तुमा केन्द्रीत छ। 

उक्त चलचित्रकी निर्देशक अनिता पण्डितका अनुसार ती शो हरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना, स्वीकार तथा एलजिबिटिक्यूएको बारेमा जनचेतना लगाउने उद्देश्य लिएर आयोजना गर्न लागिएको हो।

असार २५ गते साँझ ६ बजे पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स (सिनेप्लेक्स) सिनेमा हलमा पहिलो प्रदर्शन हुने भएको छ। यी शो हरू नेपालका विभिन्न सहरहरू तथा नेपाल बाहिर पनि हुने बताइएको छ।

सेन्सर बोर्डले पिजी प्रमाणपत्र प्रदान गरेको यस चलचित्रमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा रहेको छ भने आध्यात्मिक चिन्तन चलचित्रमा रहेको छ।

एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र बनेको छ। अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा उक्त चलचित्रले कोसेढुङ्गा सावित हुनेमा शंका गर्ने ठाउँ छैन ।

उक्त चलचित्रमा अनिता पण्डित, सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले निर्णाण गरेको उक्त चलचित्र अहिलेसम्मकै उक्त कथा विषयमा निर्माण भएको उम्दा चलचित्र हो । राज्यले गर्नुपर्ने काम र प्रवाह गर्नुपर्ने  एउटै चलचित्रले दिएको छ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्